स्वतन्त्र उमेदवार बिजय भएको गाउँपालीकामा चुनाबि नारा पूरा गर्दै

प्रेम जोशी

कैलाली – बैतडी जिल्लाको डिलाशैनि गाउँपालीकामा स्वतन्त्र उमेदवार हरु बिजय भए संगै जनताका समस्यामा एक ढिका भएर समस्या समाधानका लागि काम गरि रहेका छन् । गाउँपाली वडा नम्बर ४ मठैराजमा खानी पानिको पाइपमा लामो समय देखि समस्या आएको थियो चुनाबको समयमा पहिलो काम खाने पानीको पाइपको समस्या समाधान गर्ने बाचा दिएका थिए त्यहि बाचा अनुरुप काममा जुटेका छन् । गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी, उपाध्यक्ष भरत बोहरा र वडा नम्बर ४ का वडा अध्यक्ष हरि दत्त पन्तको पहलमा पाइप लाइन बिस्तार काम सुरु भएको छ । गाउँपालिकाको सहयोगमा काम सुरु गरिएको हो । वडा अध्यक्ष पन्त भन्छन् हामी जनताको काम गर्नका लागि आएका हौं जनता संगै जोडीए र काम गर्छौं जनताको सेवा गर्ने हो जनताको समस्या समाधान गर्छौं यो हाम्रो कर्तव्य र दायित्व भएको बताउँछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्