एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच साढे दुई घन्टा लामो कुराकानी

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल भएको छ। आइतबार ओली निवास बालकोटमा उनीहरूबीच कुराकानी भएको हो।

भेटका लागि एमाले अध्यक्ष ओली पक्षबाट माओवादी नेताहरूलाई बोलाइएको थियो। माओवादी केन्द्रका तर्फबाट ओलीसँग भेटका लागि श्रेष्ठलाई पठाइएको थियो।

उनीहरूबीच करिब साढे दुई घन्टा कुराकानी भएको थियो। समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिबारे भेटमा कुराकानी भएको थियो। यसैबीच श्रेष्ठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि छुट्टै भेटेका छन्। समसामयिक विषयमा नेताहरूसँग भेटवार्ता हुनु स्वभाविक भएको नेता श्रेष्ठले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्