बाजुराको बडिमालीका नगरपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाले आईतबारका दिन सर्बजनिकबिदा नहुने र आफ्नो मातहतमा रहेका कार्यालयको कामकाजहरु संचालन गर्ने निणर्य गरेको छ । नेपाल ससरकारले परीक्षणकालका लागि जेठ १ गतेबाट लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार ससार्वजनिक विदा दिने निणर्य गरेको भएतापनि बडीमालिका नगरपालिकालले भने उक्त आईबार बिदाको दिनलाई ससमेत बिदा नदिएर सपुरानै निति अनुसार कार्यालयको कामकाज गर्ने निणर्य गरेको हो ।

बैशाख ३० गते ससम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिका नगरपालिकामा आएका नवनिर्वाचित जनप्रतिनिधिहरु पदभार ग्रहणगरे संगै आज बसेको पहिलो नगरकार्यपालिकाको बैठकले सरकारले तोकेको आईतबारको दिनको सार्वजनिक विदाले आफ्नो नगरपालिकाको काममा प्रत्यक्षरुपमा असरपर्ने र आफ्ना नगरबासीहरुलाई हप्ताको २ दिन ससार्वजनिक विदा दिएमा सस्यामा पर्ने हुनाले सो बिदाको दिन ससार्बजनिक बिदा नदिने निणर्य गरेको नगरपालिकाका प्रबक्ता तथा वडा न ७ का बडाअध्यक्ष धर्मराज पाध्यायले पत्रकार सम्मेलनमा बताएका छन् ।

सार्वजनिक विदा गर्ने ससरकारको निणर्यले विद्यालयको पठनपाठन, स्वास्थ्य संस्थामा उपचार गर्न आउने विरामी र टाढाबाट आएका सेवाग्राहीलेहरु लाई ससमेत समस्या हुने हुनाले र कार्यालयको कामकाजमा समेत प्रभावित हुने भएपछि यहि जेठ २३ गतेबाट लागू हुने गरी आइतबारदेखि शुक्रबारसम्म साबिककै समयमा कार्यालय र विद्यालय संसञ्चालन गर्ने निणर्य गरेको नगर प्रमुख अम्मर बहादुर खड्काले बताएका छन् । यसअघि जगनाथ गाउँपालिकाले समेत सो निर्णय गरीसकेको छ अब आईबारको दिन बिदा नदिने स्थानीय तहको संख्या २ वटा भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्