काठमाडौँका मेयर बालेन र प्रधानमन्त्री देउवाबीच भेट, यस्तो भयो कुराकानी !

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् ।

बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने । जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्