सेयर बजारमा लगातार हरियाली, कारोबार रकम भने न्यून

काठमाडौँ – नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने न्यून रहेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२२ स्टकको १८ हजार ८०८ पटकको कारोबारमा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मेगा बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन २२ रुपैयाँ ५० पैसा बढेर २४७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नारायणी डेभलमेन्ट बैंकको ६.२० प्रतिशत बढेको छ भने कुमारी इक्विटी फण्डको मूल्य ५.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.४७ प्रतिशत घटेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी, रु रु जलविद्युत परियोजना र माउन्टेन इनर्जीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन मेगा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन अरुण काबेली पावरको ४ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक ओरालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक उकालो लागेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्