गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी, अध्यक्षमा देवकोटा र उपाध्यक्षमा भुजेल

सुष्मा भट्ट,

गोरखा – गोरखाको अजिकोट गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ३ हजार ७ सय ८७ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका गोविन्द गुरुङले ३ हजार २ सय ८९ मत ल्याए । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भुजेल विजयी भएकी छिन् । नेपाली काँग्रेसबाट उपाध्यक्षकी उम्मेदवार इन्द्र गुरुङलाई हराउदै उनले ३ हजार ५ सय ३२ मत ल्याएर विजयी भइन् । यस अघि यो पालिकामा नेपाली काँग्रेसले जितेको थियो । अजिरकोट १,२,३ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. ४ र ५ मा काँग्रेसले जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्