मालिकार्जुनको अध्यक्षमा एमालेका हिरा धामी र उपाध्यक्षमा माओवादीका कल्यानसिंह धामी निर्वाचित

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेकपा एमालेका नेता हिरासिंह धामी निर्वाचित भएका छन् । नेपाली काँग्रेसका नेता नरेन्द्रसिंह धामीलाई ठूलो मतान्तरले पारजित गर्दै गाउँपालिकाको अध्यक्षमा हिरासिंह धामी निर्वाचित भएका हुन् । एमालेका नेता धामी बौद्धिक नेताको रुपमा चिनिन्छन् । उनले लामो समय दार्चुलामा पत्रकारिता गरेका छन् । उनीसँग विभिन्न संघसंस्थामा काम गरेको अनुनभव समेत छ । यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कल्यान सिंह धामी निर्वाचित भएका छन् । उनी एमालेकी गोमती भट्टलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्