कागेश्वरी मनोहरा नगरपालिका–९ मा नेपाली कांग्रेसका अनिल थापा निर्वाचित

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–९ मा नेपाली कांग्रेसका अनिल थापा वडा अध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार रामहरी गोतामेलाई पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले १ हजार ५ सय २ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका रामहरी गोतामेले १ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।

वडा सदस्यहरुमा भने चार सदस्य नै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यमा एमालेका राजेन्द्र थापा, मन्जु थापा, भगवती बस्नेत,सारा पुर्कुटी निर्वाचित भएका हुन् ।

वडा नं. ९ मा कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कार्कीले १ हजार ४ सय ३६ र एमालेबाट मेयरका उम्मेदवार रामशरण ढुंगानाले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । अहिले कागेश्वरी मनोहरा नगरपालिका –२ र ८ को मतगणना कार्य भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्