लेकमको अध्यक्षमा माओवादी केन्द्रका आरडी जोशी र उपाध्यक्षमा एमालेकी माधवी जोशी निर्वाचित

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता रामदत्त जोशी अध्यक्षमा विजयी भएका छन् । एमाले नेता परमानन्द जोशीलाई पराजित गर्दै रामदत्त जोशी लेकम गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने गठबन्धनकी उम्मेदवार कांग्रेस नेतृ सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी भएकी छिन् ।

लेकमको अध्यक्षमा विजयी रामदत्त जोशीले दुई हजार ९७६ मत प्राप्त गर्दा एमालेका परमानन्द जोशीले दुई हजार ४४५ मत प्राप्त गरे । माओबादीका रामदत्त जोशी ५३१ मतान्तरले विजयी भए । यस्तै उपाध्यक्षमा विजयी नेकपा एमालेकी माधवी जोशीले दुई हजार ६८५ मत प्राप्त गर्दा कांग्रेशकी सुना जोशीले दुई हजार ५५४ मत प्राप्त गरिन् । एमालेकी माधवी जोशी १३१ मतान्तरले विजयी भइन् । अन्तिममा गणना गरिएको वडा नम्बर ६ मा एमालेका हरिबहादुर साउदले ४५९ मत प्राप्त गर्दा कांग्रेसका कमलापती मिश्रले ३३१ मत प्राप्त गरे । वडा नम्बर ६ मा हरि साउद १२८ मतान्तरले विजयी भए ।

गठबन्धनलाई पराजित गर्दै वडा नम्बर १, ३, ५ र ६ मा नेकपा एमालेले वडामा जित हासिल गरेको छ । वडा नम्बर २ मा प्यानलसहित गठबन्धनका साझा उम्मेदवार कांग्रेश युवा नेता शिवराज जोशी वडाअध्यक्षमा निर्वाचित भए । वडा नम्बर ४ मा सदस्य एमालेले जितेपनि वडाअध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कांग्रेश नेता महेन्द्रराज जोशीले विजय हासिल गरेका छन् ।

लेकमको वडा नम्बर १ मा एमालेका नवराज पन्त, वडा नम्बर २ मा कांग्रेशका शिवराज जोशी, वडा नम्बर ३ मा एमालेका सुरेशसिंह थापा, वडा नम्बर ४ मा कांग्रेशका महेन्द्रराज जोशी, वडा नम्बर ५ मा एमालेका बल्देबसिंह बोहरा र वडा नम्बर ६ मा एमालेका हरिबहादुर साउँद वडाअध्यक्षमा निर्वाचित भएक छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्