डोटीको बडीकेदारको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

काठमाडौँ – डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका भैरवबहादुर साउद निर्वाचित भएका हुन् । साउँदले २ हजार ३४३ मत हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चक्रबहादुर घर्तीमगरले १६ सय ८४ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार डम्मरीकुमारी विष्ट निर्वाचित भएकी छिन् । विष्टले २ हजार ४०७ मत हाँसिल गरेकी छिन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार सपना सिराडीलाई पराजित गरिन् । सिराडीले २२ सय ७६ मत पाएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्