दार्चुलाको महाकालीमा एमालेका चैसिर जीत नजिक, उपमेयरमा पनि विष्टको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवरा नरसिंह चैसिर जीत नजित पुगेका छन् ।

नगरपालिकाका ९ वडा मध्ये ७ वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका चैसिर गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्ट भन्दा ९ सय ६ मतले अगाडी रहेका छन् । चैसिरले ३ हजार ९ सय ५९ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने भट्टले ३ हजार ५३ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि नेकपा एमालेका दुर्गा खत्री विष्टले ३ हजार ६ सय ६३ मत ल्याएर अग्रता कायम राखेका छन् भने नेपाली काग्रेसका सुना वोहराले ३ हजार २ सय ८९ मत ल्याएका छन् ।

नगरपालिकामा मतगणना सम्पन्न भएका ७ वडामध्ये ५ वडामा नेकपा एमालेले प्यानल सहित निर्वाचित भएको छ भने २ वडामा नेपाली कांग्रेस प्यानल सहित निर्वाचित भएको छ । यो समाचार तयार पार्दा सम्म नगरपालिकाको वडानम्बर ५ र ६ को मतगणना गर्न वाँकी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्