बझङको साईपालमा एमाले विजयी

काठमाडौँ – बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ ।

एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन् । उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत पाएकी थिइन् ।

वडागत रूपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनका कांग्रेस उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन् ।

वडा नम्बर ३ मा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ४ मा गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् । यो गाउँपालिकामा २०७४ मा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्