दार्चुलाको शैल्यशिखर– १ मा एमाले विजयी, मेयरमा पनि एमालेको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका भरत खडायतले ३९ मतले जितेका हुन् । खडायको पक्षमा ५९८ मत खसेको थियो । उनका निकटम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारको पक्षमा ५५९ मत खसेको थियो । वडा नं. १ को मतगणना सम्पन्न भएको छ । वडा नं. १ मा ११८८ मत खसेको थियो । जसमा नगर प्रमुखको लागि नेपाली काँग्रेसका अमरसिंह धामीलाई ५४२ मत प्राप्त भएको छ भने एमाले विजयसिंह धामीलाई ६०६ मत प्राप्त भएको छ । उपमेयरमा पनि एमालेले अग्रता लिएको छ ।

 

शैल्यशिखर नगरपालिका
वडा न १ को अन्तिम नतिजा
टोटल खसेको मत ११८८
(१)मेयर रुख –५४२
(२)उपमेयर रुख –५१९
(३)वडा अध्यक्ष रुख –५५९
(१)मेयर सुर्य –६०६
(२)उपमेयर सुर्य –६४१
(३)वडा अध्यक्ष सुर्यः–५९८
हलोमा ४ मत
बदर मत ३६
वडा अध्यक्ष मा नेकपा एमाले बाट भरत खडायत ३९ मतले बिजयी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्