भरतपुरमा एमालेका विजयलाई पछि पार्दै रेनुले लिइन् अग्रता

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत पाएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्