दार्चुलाको महाकाली–१ मा एमाले विजयी, मेयर र उप–मेयरमा समेत एमालेको अग्रता कायमै

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले जीत हासिल गरेको छ ।
महाकाली नगरपालिका– १ मा खसेको १३७२ मतगणना सम्पन्न हुदा एमाले उम्मेदवार मोहन सिह महरा ७ सय २१ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ५९७ मत प्राप्त गरे ।

नगरप्रमुखमा एमालेले ७२६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवारले ६०७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमाले ७१४ मत प्राप्त गर्दा गठबन्धनलाई ६०९ मत प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्