प्रधानमन्त्री देउवाको वडामा काँग्रेस पराजित

काठमाडौँ – डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो ।

‘करुवा’ चुनाव चिन्ह काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् । काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्