भरतपुर अपडेट : माओवादीकी रेनु अघि अघि एमालेका विजय पछि पछि

काठमाडौं, ३१ बैशाख। भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् ।
हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ । जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ। उता, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने १ मत प्राप्त गरेका छन् ।  भरतपुरमा रेनु सत्तापक्षीय गठबन्धनबाट साझा उम्मेद्धवारको रुपमा उठेकी हुन भने सुवेदी एमाले–राप्रपाको गठबन्धनबाट उठेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्