नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत प्राप्त गरि एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । एमालेका अध्यक्ष उम्मेदवार मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए । उपाध्यक्ष पनि सत्तागठबन्धनले जितेको छ । माओवादी केन्द्रका बेदबहादुर गुरुङले ९ सय १३ मत ल्याएर विजयी भए । उनले अर्विन गुरुङलाई पराजित गरेका हुन् ।

पराजित गुरुङले ४ सय ९६ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङलाई एमालेले सघाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्