भरतपुरमा माओवादीकी रेनुलाई पछाडी पार्दै एमालेका विजय अगाडी

चितवन – भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ मत प्राप्त गर्नुभएको छ । ६ मत भने बदर भएका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्