हेलम्बुमा काँग्रेसका शेर्पा फराकिलो मतान्तरले अगाडी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले अध्यक्षमा अग्रता कायमै राखेका छन् । शेर्पाले १७ सय ८९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामा चार सय बढी मतले पछि छन् । उनले १३ सय ३६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता छ ।

कांग्रेसकी अप्सरा लम्साल लामिछानेले १७४० मत प्राप्त गरेकी छिन् । एमालेकी गंगा अर्यालले १४८३ मत प्राप्त गरेकी छिन् ।

हेलम्बुमा शेर्पाले अघिल्लो निर्वाचनमा पनि जित हासिल गरेका थिए । नेता शेर्पा विकाश प्रेमी नेताको रुपमा चिनिदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्