दार्चुलाको महाकालीमा एमालेको सुरुआती अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमालेको अग्रता देखिएको छ ।

२०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेशका हंशराज भट्टको ८५ र उपमेयरमा कांग्रेशकै सुना बोहराको ८३ मत प्राप्त भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार नरसिंह चैसीरको ११७ र उपमेयरका उम्मेदवार दुर्गा बिष्टको ११९ मत प्राप्त भएको छ । महाकाली नगरपालिकामा पनि वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । वडामा कांग्रेशका उम्मेदवारको ८० र एमालेको १२२ मत प्राप्त भएको छ । मतगणना कार्य जारी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्