कञ्चनपुरको बेल्डाडीमा काँग्रेसको अग्रता

महेन्द्रनगर – बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसको सुरुवाती अग्रता छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको हो ।

अध्यक्षमा कांग्रेसका हरिषचन्द्र रानाले २६५, नेकपा एमालेका अक्कलबहादुर विष्टले १७४ र माओवादी केन्द्रका ईश्वरीदत्त भट्टले ९६ मत ल्याएका छन् । यसैगरी, उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले २७२, एमालेकी फुलदेवी रानाले २२३ र माओवादी केन्द्रकी कल्पना गिरीले ५१ मत ल्याएकी छन् । अहिले वडा नं. १ र ५ को मत गणना भइरहेको छ । वडा नं. १ मा २ सय ३७ र वडा नं. ५ मा ३ सय ८८ मत गणना गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्