कागेश्वरी मनोहरामा काँग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवारलाई नेकपा एमालेले उछिनेको छ ।

५०२ मत गणना हुँदा एमालेका मेयर उम्मेदवारले २३८ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार २३२ मत सहित एमालेलाई पछ्याएका छन् । दुई प्रतिस्पर्धीबीच ६ मतको अन्तर छ ।

उपमेयरमा एमालेले सुरुदेखि नै अग्रता लिएको छ । उपमेयरमा एमाले उम्मेदवारले २४० ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १२६ मत पाएका छन् ।

यस पालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्