बैतडीको शिवनाथ–१ मा नेपाली काँग्रेस प्यानल सहित विजयी

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । ७ सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका देवसिंह साउँदले ४ सय ७० मत ल्याएका छन् ।

वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नं १ को महिला सदस्यमा धनमती साउँद, दलित महिला सदस्यमा गंगा दमाई, खुल्ला सदस्यमा देवसिंह साउँद र मानसिंह साउँद विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्