काठमाडौंको बुढानिलकण्ठमा एमालेको सुरुआती अग्रता, वडा नं. १ मा एमाले प्यानल सहित विजयी

काठमाडौँ – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ ।

एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन् ।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ । एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन् । यसैबीच वडा नं १ को मत गणना सकिएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्