भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु

काठमाडौँ – सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्