हेलम्बुमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ३ जना घाइते

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् ।कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् ।

खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको स्थिती आएको थियो । घाइतेहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्