नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा

काठमाडौँ – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेता बास्तोला सुर्खेत जाँदै गर्दा भालुबाङमा प्रहरीले सोधपुछ गरि नियन्त्रणमा लिएको हो । बास्तोलाले चुनाव बहिस्कार गर्ने अभियान चलाएकोले नियन्त्रणमा लिन परेको प्रहरीले बताएको छ । बुधबार बुटवलमा भएको बम विष्फोटको घटनाले प्रहरी थप सक्रिय बनेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्