आईपीएल : दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हरायाे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले । देवदूत पाडिकले ४८ रन जोडे ।

दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले दुई/दुई विकेट लिए । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । दिल्लीका मिचेल मार्शले ८९ रन तथा डेभिड वार्नरले अविजित ५३ रनको अर्धशतकीय पारी खेले ।

राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्