पाँच वर्ष खेर फालेकाले ओली अभियुक्त हुन् : गगन थापा

File Photo

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष खेर फाल्ने कार्य गरेकाले अभियुक्त भएको टिप्पणी गरेका छन् । मतदातालाई ओलीले जवाफ दिने समय भएकाले ओली अभियुक्त भएको उनले जिकिर गरे ।

प्रधानमन्त्रीकै रुपमा भृकुटीमण्डपमा ओलीले सम्बोधन गर्नुपर्नेमा कांग्रेसलाई धारेहात लगाउँदै पूर्व–पश्चिम गरिरहेको थापाले आपत्ति जनाए । चुनावी सभाको अन्तिम दिनमा भुकृटीमण्डपमा एमालेले सभा गरिरहेको छ । असनबाट गठबन्धनको सभामा बोल्दै गर्दा थापाले भने,‘अहिले भृकुटीमण्डमा बोल्दै गर्दा केपी शर्मा ओली प्रधानमन्त्रीकै रुपमा बोलेको हुनुपर्ने हो कि होइन ? संसद भंग किन गरेको हो ? मूल झगडियाले माफी माग्नु पर्छ कि पर्दैन ?’

पूर्वप्रधानमन्त्री ओलीले २२९ सडकका लागि शिलन्यास गर्दै गर्दा बजेट विनियोजन नगरी स्विच थिचेको बताए । कोरोना संक्रमणको समयमा ५ हजार जनतालाई बचाउन सकिने भएपनि ओली सरकारकै कारण ज्यान गएको उनले आरोप लगाए । ‘अहिले सजाय पाउने पालो एमालको हो’ थापाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्