पुण्य गौतम नेकपा एमालेमा प्रवेश, ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको भनाई

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गौतमलाई मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् ।

ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्