डिलासैनीमा गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना प्रहरीको नियन्त्रणमा, प्राध्यापक कुटेको आरोप

बैतडी – डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रानालाई कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । रानाले डिलासैनी–५ विनाबस्तिका रामदत्त जोशीलाई कुटपिट गरेको आरोप छ । जोशीको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनी पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । कुटपिट गर्ने राना र जोशी पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने राना भने गठबन्धन (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् । डिलासैनीमा स्वतन्त्रबाट सन्तोषप्रकाश जोशी गाउँपालिका अध्यक्षका उम्मेदवार छन् । जोशीले गाउँपालिकामा जित्ने डरले रानाले प्राध्यापक जोशीलाई कुटपिट गरेको स्थानीयको आरोप छ । डिलासैनीमा सन्तोषको पक्षमा जनलहर चलेपछि अन्य दलका नेताहरु आत्तिका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्