एमालेको उम्मेदवारले बाड्न राखेको साडी बरामद, थप अनुसन्धान हुँदै

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ ।

प्रहरीले एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट साडी बरामद गरेको हो । २७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै जिन्सी सामानको जोहो गरेर राखेको र एक–एक गरेर बाँड्ने तयारी भएको कांग्रेस कार्यकर्ताको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीका अनुसार साडी बरामद गरिएको र साडी के प्रयोजनका लागि ल्याएको भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘चुनावको समयमा स्थानीय एक व्यक्तिको घरबाट साडी बरामद भएको छ । चुनावमा बाँड्न ल्याएको हो वा अन्य के प्रयोजन भन्नेबारे बुझ्दैछौँ ।’

सुनवल नगरपालिकामा मेयरकी एमाले उम्मेदवार विमला अर्यालले भने यसलाई अस्वीकार गरेकी छन् । उम्मेदवारले सुकुम्बासी बस्ती तथा विपन्न परिवारको बाक्लो बस्ती भएको स्थानमा मतदातालाई आकर्षित गर्न जिन्सी सामान बाँड्ने तथा विभिन्न प्रलोभन देखाउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्