कैलालीमा अवैध लागूऔषध सहित पक्राउ

सांकेतिक तस्बिर

कैलाली – भजनी नगरपालिका-३ कुस्मघाटबाट करिब ४ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भजनी नगरपालिका-६ बसाह बस्ने २५ वर्षीय अक्षय कुमार चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । से.६ प ४५७ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, प्रसौनि गाउँपालिका-१ प्रसौनि बस्ने २२ वर्षीय बिकाश साह कानुलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्