सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने सांसद बडुकाे माग

FILE PHOTO

सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग सांसदले गरेका छन । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार सांसदहरूले सेनाभित्र अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न आवश्यक परे नीति तथा कानुन सुधार गर्नुपर्ने बताएका छन ।

कानुनी र नीतिगत रूपमा सुधारका लागि रक्षा मन्त्रालय र सैनिक मुख्यालय जंगी अड्डाले राय दिनुपर्ने उहाँहरूको माग छ । ‘नीति र कानुन सुधार गरेर भए पनि बहालवाला र अवकाश प्राप्त सैनिक पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने व्यवस्था गर्नुपर्छ । त्यसका लागि अहिलेको नीति र कानुनमा के कमजोरी छन् भन्ने रक्षा मन्त्रालय र सेनाले भन्नुपर्ने समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।
संविधानको धारा २३९ को उपधारा (२) अनुसार सैनिक ऐनबमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि संघीय कानुनबमोजिम अख्तियारबाट अनुसन्धान गर्न र गराउन सकिनेछ ।
समितिमा परेको उजुरीमाथि छानबिन गर्न गठित तीन सदस्यीय कार्यदलले मन्त्रालय र सेनालाई नै बोलाएर छलफल गर्नुपर्नेसहितको सुझाव समितिलाई बुझाएको थियो । त्यसमध्ये पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध लागेको अनियमिततामा अख्तियार र सम्पत्ति शुद्धीकरणलाई निर्देशन दिने सुझाव पनि दिएको थियो । अन्य विषयमा भने कार्यदलले समितिमा छलफल गर्ने जनाएको थियो । उक्त कार्यदलमा नवराज सिलवाल, दिलेन्द्र बडू र रेखा शर्मा छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्