भोट माग्नकालागि पाउँमा दाम चढाउदै काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार

सिन्धुपाल्चोक – भोट माग्नका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको छ ।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्