आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्च पुगे, थापा कानुनी परामर्शमा

काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् ।

अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्