नेपाल टेलिभिजनमा कालो धब्बा : कमिशनको खेल

काठमाडाैँ – हिटलर नामका एक व्यक्तिको गलत स्वार्थका कारण विश्वका लाखौ जनताले दुख पाएका थिए र अन्तत उनी आफैं समाप्त भएर गए। इतिहासमा अहिले पनि उनी बदनाम छन् र उनको इतिहास कालो छ। नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णु राम न्याैपाने को एकल स्वार्थका कारण गौरवशाली इतिहास बोकेको नेपाल टेलिभिजन पनि छिटै इतिहासको कालो दिनतिर तीव्रगतिमा लम्किरहेको छ।

साेहताे नेपाल कम्पनीका हिस्सेदार निज न्याैपाने कमिशनको चक्करमा नेपाल टेलिभिजनको मुखमा  कालो पोत्न तयार भएर बसेकाछन्। लामो समयदेखि सम्झौतालाई समेत सिधै लत्याएर स्याटेलाइटको पैसा रोकेर राखी आफ्नै पकडको Asiasatमा अहिलेको प्रसारण लैजान कम्मर कसेर लागेका विष्णु राम न्याैपानेको एकल स्वार्थमा  सारा टेलिभिजन निरीह  बनेको छ।

नियमावली समेत जबर्जस्ती परिवर्तन गरी साततहका खेल सम्बन्धी रिपोर्टिङ गर्ने रेडियो नेपालका एक साधारण कर्मचारी समीरजंग शाह नेपाल टेलिभिजन जस्तो ठुलो संस्थाको कार्यकारी अध्यक्ष हुन आइपुगेका छन्। उनलाई विष्णु राम न्याैपानेले  पुरै पकडमा लिएका छन्। यसअघि भ्रष्टाचारमा कहि नमुछिएका समीरजंग शाह निज न्याैपानेको भ्रष्टाचारको जालोमा नराम्रोसँग फसिरहेका छन्। विष्णु राम न्याैपानेले नेपाल टेलिभिजनमा हुने सम्पूर्ण टेन्डरको जिम्मा आफ्नो कम्पनी सोहेतो नेपाललाई दिने र सोको बापतको रकम बाट समीरजंग शाहको घरसमेत बनाइदिने गरी सम्झौता भएको खबर पनि सुन्नमा आएको छ। निज समीरजंग शाहको घर बनाउने कार्य पनि सुरु भइसकेको छ र  विष्णु  न्यौपानेले उनीमाथि satelite सम्बन्धी सम्झौता  छिटो भङ्ग गरी आफ्नो पकडको सेटेलाइटमा सार्न दबाब बढाईरहेकोछन्। सम्झौताअनुसारको भुक्तानी नदिने, लामो समयसम्म भुक्तानी अड्काएर दुःख दिने, सम्झौता अगाडि बढ्न नदिने र १४० देशमा आउने सेटेलाइट लाइ फालेर आधाभन्दा कम देशमा आउने स्याटेलाइटलाई भित्र्याएर सस्तोमा ल्यायाै भन्ने भ्रम फैलाएर निर्लज्ज रुपमा Commission भित्रियाउने नाङ्गो नाच टेलिभिजनमा चलिरहेको छ।

हाल सेवा दिइरहेको सेटेलाइटले लामो समयसम्म पनि लगातार ताकेता गर्दा  समेत भुक्तानी नपाएपछि सेवा अवरुद्ध हुने स्थिती सिर्जना गरिएकोछ र यसै बहानामा उसलाई सेवाबाट हटाइ सोहेतो नेपालको सेटेलाइट घुसाउनमा न्याैपाने लागिपरेका छन्। तर यसो गर्न सम्पुर्ण नियमकानुन लत्याउनु पर्ने हुँदा सो गर्न नमान्ने कर्मचारीहरुलाई धम्काउन थालेका छन् र छिट्टै नेपाल टेलिभिजनमा ब्ल्याकआउट हुने स्थित आएको छ।  यत्राे लामो र गौरवशाली इतिहास बोकेको र संसारभरि फैलिनु पर्ने नेपाल टेलिभिजन एक व्यक्तिकाे स्वार्थको कारण इतिहासमै नभएको blackout को कालो दिनको पर्खाइमा र चुनावको मुखैमा निरीहभएर बसिरहेको छ। तर नेपाल टेलीभीजन का स्वाभिमानी कर्मचारीहरु र उच्च ब्यवस्थापनका व्यक्तिहरु यसतो कालोदिनको साँछी बस्नेवाला छैनन् र यि मुठि्ठभर व्यक्तिहरूको स्वार्थको पर्दाफास गर्न जुर्मुराइसकेका छन्।

विष्णु न्यौपानेले केही भ्रष्ट कर्मचारीहरुलाई आफ्नो साथमा लिएका छन्। वरुण सिंह, अर्जुन बटाला, विजेंद्र गुप्ता र दीपक जंग हमाल कमीशनको जालोमा जोडिएका छन्।निज वरुण सिंह र अर्जुन बटालालाई पटकपटक अनियमितता र भ्रष्टाचार गरेबापत कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्र र स्वयं सञ्चार मन्त्रालयले पत्र लेखेतापनि निज विष्णु राम न्यौपानेले रोकेर राखेका छन्।

नेपाल टेलिभिजनलाई बदनाम गराउने, यसको इतिहास मेटाउने, Private च्यानलहरु सँग मिलेर यसलाई विघटन गर्ने यो मुठि्ठभर गिरोहको पर्दाफास त ढिलो चाँडो हुनेनै छ र एकदिन यिनीहरु जेल जाने पनि निश्चित नै छ  तर यसअघि नेपाल टेलिभिजनका सम्पूर्ण स्वाभिमानी कर्मचारीहरुले नेपाल टेलिभिजनको इतिहासमा धब्बा लगाउन  खोज्ने यस गिरोहलाई नाङ्गेझार पारी Nepal television लाइ जाेगाउने विश्वास सबैले लिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्