डिलासैनीमा जोशीले पाए चुनाव चिन्ह ‘पुतली’, निर्वाचनमा जीत हासिल गर्ने जोशीको दाबी

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका सन्तोषप्रकाश जोशीले चुनाव चिन्ह पाएका छन् । उनलाई शनिबार निर्वाचन अधिकृतको कार्यालयले पुतली चुनाव चिन्ह प्रदान गरेको हो । उक्त चुनाव चिन्ह मतपत्रको १७ नम्बरमा छ ।

नेकपा एमालेले टिकट नदिएपछि जोशीले स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गर्दै डिलाशैनीे गाउँपालिकाको अध्यक्ष पदका लागि वैशाख १२ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जोशीकै टीमबाट १ उपाध्यक्ष, ५ वडा अध्यक्ष सहित २७ जनाले स्वतन्त्र उम्मेदवारी दता गराएका थिए । उनिहरु सबै चुनाव चिन्ह पुतलीबाट लड्ने भएका छन् । अहिले स्वतन्त्र उम्मेदवारी दिएको टीमले गाउँघरमा चुनावी प्रचार प्रसारको काम गरिरहेको छ । डिलाशैनी गाउँपालिकाका अधिकांश नागरिक स्वतन्त्रको पक्षमा रहेकाले आफुहरुको जित निश्चित रहेको जोशीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्