प्रहरी महानिरीक्षक बढुवामा शेखरको आपत्ति, सरकारको कडा आलाेचना

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धिरजप्रताप सिंहलाई सरकारले नियुक्त गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् । ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्