८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३३ वर्षीया पुरुष पक्राउ

संखुवासभा – ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३३ वर्षीया पुरुष पक्राउ परेका छन् । संखुवासभाको खाँदवारी नगरपालिका–३ मानेभज्याङ घर भएका ३३ वर्षीय कुमार दर्जीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

कुमारले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चेवाबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्