आईपीएल : मुम्बईको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्र्तगत मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । गएराति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई विजयी भएको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । जितसँगै मुम्बईले पहिलो २ अङ्क जोडेर अंक तालिकाको पुछारमा रहेको छ भने राजस्थानको ९ खेलमा १२ अङ्क सहित दोस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्