आईपीएल : गुजरात टाइटन्सको जीत कायमै, रोयल च्यालेञ्जर्स बेङ्ग्लोर ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुने तालिका रहेको थियो । जसमा आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएको छ ।

मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले पराजित गरेको हो । बेङ्ग्लोरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्