बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिए

कास्की – पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।

मेयरमा बागी उम्मेदवारी दिनुभएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज शुक्रवार निर्वाचन अधिकृतको कार्यालयमा गइ मनोनयन फिर्ता लिनुभएको हो । तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्