बलात्कारको आरोप लागेका डीएसपी राजकुमार खिउजु पक्राउ

बलात्कारको आरोप लागेका महानगरीय प्रहरी वृत चापागाउँ ललितपुरका तत्कालीन प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजु पक्राउ परेका छन् ।

उनलाई भक्तपुरबाट पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले उज्यालोलाई जानकारी दिनुभयो । पक्राउ परेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरमा हिरासतमा राखिएको छ ।

गएको माघ २२ गते खिउजुले सहयोग गरिदिने बहानामा कार्यालयभित्रै एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । खिउजुले केही महिनाअघि मात्रै सेवाबाट अवकाश लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्