जन्ती बोकेको बस दुर्घटना, तीनको मृत्यु, २९ जना घाइते

कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी २ गौरी भञ्ज्याङमा जन्ती बाकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा परी २९ जना घाइते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका ७ स्थित जीतपुर भञ्ज्याङबाट सुकौराको सातकन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस बुधबार दुर्घटना भएको हो । तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको उपचारको लागि हेटौँडा लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्