पुरुष पत्रकारको दाँजोमा महिला पत्रकारकाे तलब कम

नेपालमा महिला पत्रकारले पुरुष पत्रकारको दाँजोमा तलब कम पाउने गरेका छन् । बुधबार सार्वजनिक गरिएको अध्ययन अनुसार क्रियाशील पत्रकार महिलाले पाँच सय महिला पत्रकारहरुमा ५६ दशमलव ६ प्रतिशत महिलाले मात्रै पुरुष पत्रकारसरह तलब पाएका छन् ।
हरेक पाँचमध्ये दुई जनाले समान तलब नपाएको अध्ययनमा उल्लेख छ । त्यस्तै पाँचमध्ये तीन जना रात्रिकालीन सेवामा संलग्न रहेको पाइएको छ । झण्डै चार मध्ये एक जनाले रात्रिकालीन सेवामा चुनौतीको सामना गर्नुपरेको र बाँकीले कुनै प्रकारको समस्या भोग्न नपरेको अध्ययनमा उल्लेख छ ।
त्यसैगरी नेपालमा महिला पत्रकारमध्ये सबैभन्दा धेरै रेडियोमा कार्यरत छन् भने सबैभन्दा कम टेलिभिजनमा कार्यरत रहेको अध्ययनले जनाएको छ । अध्ययन अनुसार रेडियोमा ६० दशमलव ७ प्रतिशत अर्थात् दुई सय ४८ जना काम गरिरहेको छन् भने टेलिभिजनमा १८ दशमलव २ प्रतिशत अर्थात् ८५ जना महिला पत्रकार काम गरिरहेका छन् ।
त्यस्तै छापामा २७ दशमलव ६ प्रतिशत र अनलाइनमा २३ दशमलव ३ प्रतिशत रहेको अध्ययनले जनाएको छ । अध्ययनअनुसार तीन जनामा एक जना अर्थात् ३५ प्रतिशत पत्रकार महिलाले प्रमुख समाचारदाताको रुपमा काम गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्