पत्रकारिता क्षेत्र कोटाले नभइ क्षमता देखाउने पेशा हाे : प्रेस काउन्सिल नेपाल

महिला पत्रकारहरुले समाचार कक्षमा ३३ प्रतिशत कोटाको माग गरिरहँदा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर नेपालले पत्रकारिता क्षेत्र कोटाले नभइ क्षमता देखाउने पेसा भएको बताउनुभयो । अहिले पनि खोजी पत्रकारितामा कलम चलाउने महिला पत्रकारको सङ्ख्या निकै कम भएको भन्दै नेपालले समाजमा लुकाइएका कुरा सत्य तथ्य देखाउन सक्ने महिला पत्रकार आवश्यक भएको बताउनुभयो । उहाँले क्षमता बढाउन महिला पत्रकारलाई सुझाव दिनुभयो ।

एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पत्रकारलाई आवश्यक पर्ने सूचना सजिलै पाउन सक्ने भन्दै सूचनाको हकलाई पारदर्शीरुपमा लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका सचिव रमेश विस्टले यो मुद्दामा आफूहरुले पनि आवाज उठाइरहेको बताउनुभयो । विभिन्न समस्यासँग जुझ्दै महिला पत्रकारहरु आ–आफ्नो बिटमा काम गरिरहनु खुशीको कुरा भएको भन्दै महिला पत्रकारमाथि हुने विभेदका लागि महासङ्घ लागिरहने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्