समाचार कक्षमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने महिला पत्रकारहरुकाे माग

समाचार कक्षमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने महिला पत्रकारले माग गरेका छन् । पत्रकार समूह डब्ल्यूडब्ल्यूजेका अध्यक्ष अमिका राजथलालले अहिले पनि महिला पत्रकारहरु समाचारदाताका रुपमा मात्रै सीमित रहेको भन्दै हरेक समाचार कक्षमा ३३ प्रतिशत अनिवार्य हुन माग गर्नुभएको हो ।
डब्ल्यूडब्ल्यूजेले समाचार कक्षमा पत्रकार महिलाको अवस्थाबारे गरेको अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थलालले पुरुष पत्रकारभन्दा महिला पत्रकारको तलबसमेत कम भएको बताउनुभयो । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हेमलता राईले महिला पत्रकारका समस्या अहिले पनि उस्तै रहेको बताउनुभयो । आजभन्दा २० वर्ष पहिले र अहिलेका महिला पत्रकारका समस्या एउटै भएको भन्दै महिला पत्रकारलाई कार्यक्षेत्रमै चुनौती रहेको उहाँले स्पष्ट पार्नुभयो । यो पेसामा १९ देखि २४ वर्षसम्म मात्र महिला क्रियाशील रुपमा लाग्छन र पछि आफै हराउँदै जान्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्