कविता : ‘जुन पार्टी र जसलाई भोट दिए पनि कुरा एउटै रहेछ’

देशमा
 चुनाव यसरी लागेको छ
तल्लो घरे काकालाई हिजो जस्तै लाग्छ
भोट दिएको
तर खै कहाँ भयो कति बिकास
कस्ले माग्ने अनि कस्लाई बुझाउने हिसाब किताब
यहाँ जुन पार्टी र जस्लाई भोट दिए पनि
 कुरा एउटै रहेछ
तल देखि माथि सम्म आफन्त र
आफ्नै पाटिको कार्यकर्ता अगाडि  छ
हेर्न त खुब हेरियो चुनाबै पिच्छे नेता फेरियो
तर उस्तै छ कामको ताल
कहिले फेरिनु गाउँ देशमा बिकासको हाल
भोट माग्छन मिठा मिठा  सपना दिएर
जिताईन्छ जब
अनि के को फर्किन्थे बत्ती बाटो
 कुलो पानी औषधि मुलो लिएर
आशा भरोसाले मान्छे चुनियो
कयौंपटक भोट हालियो
अब त हामी पनि के कम आफ्ना मान्छे
 उठे मात्रै भोट दिने हो
अरु उठे त कागलाई बेल जस्तै हो ।
आउन त आको हो दरवारको अधिकार
 गाउ सरहमै पाको हो
भन्न त कसैले भन्दैन्न देश लुटेर खाको हो ।
आउन त आयो फेरि चुनाव आयो
 एउटाले लुट्यो अब अर्काको पालो
कति सक्छौ झुक्याउ सोझा जनतालाई पेल
कहिले बन्द होला र खै यो घिनलाग्दो राजनीतिक खेल ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्